५ जेष्ठ २०८१, शनिबार

अवस्था ठीक नभएका ३० वटा सवारीका चालकलाई कारबाही

प्रकाशित मिति :  11 January, 2023 11:51 am


काठमाडौँ । काठमाडौँको किर्तिपुरमा मंगलबार गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठीक नराखी सवारी साधन चलाउने ३० जना सवारी साधनका चाकललाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा अवस्था ठिक नभएका ‍ ३० वटा सवारी साधनका चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका हुन् ।

सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दलराम टमाटाको कमाण्डमा मंगलबार दिउँसो खटिएको ट्राफिक प्रहरीको टोलीले किर्तिपुर क्षेत्रमा १ सय भन्दा बढी सवारी साधन चेकजाँच गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !