५ जेष्ठ २०८१, शनिबार

रोल्पामा भीरबाट लडेर एकजनाको मृत्यु

प्रकाशित मिति :  11 January, 2023 1:03 pm


रोल्पा । रोल्पामा मंगलबार भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

सुनछहरी गाउँपालिका वडा नम्बर ५ कालिहाङमा बिजुलीको तार तान्ने क्रममा भीरबाट खसेर र पोवाङका ४२ वर्षका हिकलाल पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !