५ जेष्ठ २०८१, शनिबार

वालिङमा नागरिकका गुनासा सुन्न कल सेन्टर संचालन

प्रकाशित मिति :  11 January, 2023 2:13 pm


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका नागरिकमैत्री बन्दै गएको छ। नागरिकका गुनासा सुन्न तथा ती गुनासाहरुलाई व्यवस्थित रुपमा सम्बोधन गर्न पालिकाले स्थापना गरेको कल सेन्टर संचालनमा आएको छ।

नागरिकका वैयक्तिक,पारिवारिक तथा सामुदायिक रुपमा आइपरेका समस्या तथा नगरपालिकाको काम कारबाहीका विषयमा सिधा सम्पर्क कायम गर्न कल सेन्टर स्थापना गरिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए।

नगरपालिकाभित्रका १४ वटै वडाहरुमा नगरले गरेका कामहरु,तिनका प्रभाव तथा आवश्यक जानकारी लिन कल सेन्टरले सहयोग पुग्ने नगरप्रमुख खाँणले विश्वास व्यक्त गरेका छ्न्। उनले भने ”सबै जनप्रतिनिधिहरु नागरिकमाझ पुगिनसकेको अवस्था पनि हुनुसक्छ,नागरिकका गुनासाहरु धेरै हुनसक्छन् ,ती गुनासाहरुलाई सहज रुपमा छिटो सुनुवाई गर्न कल सेन्टर लाभदायी हुनेछ ।”

नगरका गतिविधिहरु नागरिकमाझ पुर्‍याउन नगरपालिकाले प्रविधिको बढीमात्रामा प्रयोग गरेको उल्लेख गर्दै नगरप्रमुख खाँणले सामान्य कामको लागि नागरिकले नगरपालिकाको कार्यालयसम्म आउनुपर्ने स्थिति नहुने बताए।

वालिङबासीहरूले टोल फ्री नं 16606342004, हटलाइन नं 063-597000 , अनलाइन पोर्टल gunaso.walingmun.gov.np र इमेल [email protected] का माध्यमबाट गुनासो, राय तथा सुझाव राख्न सक्ने पालिकाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !