५ जेष्ठ २०८१, शनिबार

भीरकोट नगरपालिकाको एघारौँ नगर सभा सम्पन्र,सडक सरसफाइ र स्तरोन्नतिलाई प्रथामिकता

प्रकाशित मिति :  11 January, 2023 3:37 pm


स्याङ्जा । स्याङ्जा भीरकोट नगरपालिकाको ११औं नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको ११ औं नगरसभाले २ वटा ऐन संशोधन र २ वटा प्रतिवेदन पारित गरेको छ।

आर्थिक वर्ष २०७८| ०७९ को बजेट संशोधन अन्तर्गत आर्थिक ऐन र विनियोजन ऐन सर्वसम्मत पारित भएको छ। ऐनमा ग्रामीण सडक सरसफाइ र स्तरोन्नतिका लागि बजेट ४० लाख रकम थप गरिएको छ। यसैगरी लेखा समिति र न्यायीक समितिको प्रतिवेदन पारित गर्दै ११औं नगरसभा सम्पन्न गरिएको नगरले जनाएको छ ।

सभामा पेश भएका ऐन निर्णयार्थ र ११औं नगरसभामा पेश हुने ऐन र प्रतिवेदनहरु छलफलका लागि भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले प्रस्तुत गरेका थिए ।

त्यस्तै सभामा नगर उपप्रमुख भगवती रेग्मी अर्यालले आर्थिक वर्ष २०७९ |०८० को संशोधित बजेट अनुमान अनुमोदन गराएकी थिईन् । सभाले लेखा समिति संयोजक लक्ष्मण खत्री क्षेत्री र न्यायीक समिति सदस्य नन्दलाल खनालद्धारा प्रस्तुत प्रतिवेदन पनि छलफल पश्चात सर्वसम्मत अनुमोदन गरेको छ ।

नगरप्रमुख गोविन्द कुमार कर्माचार्यको अध्यक्षतामा संचालन भएको ११औं नगरसभामा नगर उपप्रमुख भगवती रेग्मी अर्याल, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद पौडेल लगायत ९ वटै वडाका वडा अध्यक्षसहित कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !