१० पुस २०८२, बिहिबार

युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा अधिकतम प्राथमिकता दिन्छौँः प्रधानमन्त्री दाहाल 

प्रकाशित मिति :  11 January, 2023 5:13 pm


काठमाडाैँ। प्रधानमन्त्री पुष्पकमल दाहालले युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा अधिकतम प्राथमिकता दिने बताए । बुधबार काठमाडौँमा योङ कम्युनिष्ट लिग, नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारले युवाहरुलाई रोजगारी र राजनीतिक नियुक्तिहरुमा उच्च प्राथमिकता दिने बताएका हुन् ।

उनले सरकार र नेकपा (माओवादी केन्द्र) पार्टीलाई युवाहरुको धेरै मद्दत चाहिएको बताएका थिए। प्रधानमन्त्री दाहालले भने, ”यतिबेला सरकारलाई र पार्टी नेतृत्वलाई तपाईँहरुको धेरै मद्दत चाहिएको छ ।प्रतिक्रियावादीहरुका धेरै घेराबन्दीहरुलाई चिरेर यहाँ आइपुगियो । सजिलै आएको होइन । हामीले हिजो जसरी घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीति बनाउँथ्यौँ अहिले पनि घेरा तोड्ने र प्रतिरोध गर्ने प्रक्रिया भित्रबाट यो सफलता, पार्टी, आन्दोलन, नेपाल, नेपाली, हामी सबैलाई प्राप्त भएको हो । परिषद्को बारेमा, युवाहरुको रोजगारीको बारेमा, युवाहरुलाई नियुक्ति गर्ने बारेमा तपाईँहरुले उठाउनुभएको ध्यानाकर्षण नोट भयो । म त्यसलाई सम्बोधन गर्ने अधिकतम प्रयत्न गर्नेछु । ”

प्रधानमन्त्री दाहालले आफ्नो संगठनलाई बलियो बनाएर अघि बढ्न युवाहरुलाई निर्देशन समेत दिएका थिए । सरकारले जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !