लुम्बिनीका मुख्यमन्त्री गिरीले आज पद तथा गोपयताको सपथग्रहण लिँदै
प्रकाशित मिति : 12 January, 2023 8:30 am
काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपयताको सपथग्रहण लिँदैछन् ।
गिरी बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेकपा माओवादी केन्द्र, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ती, लोसपा र स्वतन्त्रबाट निर्वाचित ५८ सांसदको समर्थन छ । गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउँदै छन् ।
आज दिउँसो १ बजे प्रदेश राजधानी दाङ देउखुरीस्थित प्रदेश प्रमुखको कार्यालयमा गिरीको सपथग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।
शपथ ग्रहणसँगै गिरीले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी रहेको छ ।








