प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित
प्रकाशित मिति : 12 January, 2023 12:05 pm
काठमाडौं । प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एक्लो उम्मेदवारी परेको थियो ।
आज बसेको प्रदेश सभा बैठकले गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।








