जिपले ठक्कर दिँदा अर्घाखाँचीमा १ जनाको मृत्यु
प्रकाशित मिति : 12 January, 2023 2:09 pm
अर्घाखाँची । अर्घाखाँचीमा जिपले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।
गोरूसिङगे-सन्धिखर्क सडकखण्डको कोप्चिबासमा जिपले ठक्कर दिँदा १ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा हुनेमा शितगंगा-४ कोप्चीबासका ७५ वर्षीय ज्ञान बहादुर नेपाली रहेको प्रहरीले जनाएको छ ।
भेडामारे बाट अमराई आउँदै गरेको लु ३ च ३३२० नम्बरको डबल क्याप जिपले सडकखण्डको कोप्चिबासमा ठक्कर दिएको हो । चालक र जिप प्रहरीले नियन्त्रणमा लिएको छ ।








