१० पुस २०८२, बिहिबार

नेपाल प्रहरीका १७ जना डीआईजीको काज सरुवा, लुम्बिनी प्रमुखमा टेकप्रसाद राई

प्रकाशित मिति :  12 January, 2023 4:58 pm


काठमाडौं । नेपाल प्रहरीका १७ जना नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ ।

गृह मन्त्रालयले बिहीबार १७ डीआईजीको काज सरुवा गरेको छ ।

मन्त्रालयले गरेको सरुवा अनुसार लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी डीआइजी टेकप्रसाद राईले पाएका छन् भने प्रदेश १ प्रमुखको जिम्मेवारी श्यामलाल ज्ञवालीलाई दिइएको छ ।

मधेश प्रदेशमा वसन्त कुँवर, बागमती प्रदेशमा दीपक थापा र गण्डकी प्रदेश प्रमुखमा बुद्धिराज गुरुङ पुगेका छन् ।

यस्तै कर्णाली प्रदेशमा भीम ढकाल, सूदुरपश्चिम प्रदेश प्रहरी प्रमुखमा डीआईजी अशोक सिंहले प्रमुखको जिम्मेवारी पाएका छन् ।

यस्तै नेपाल प्रहरी शिक्षालय भरतपुरको प्रमुखमा डीआईजी दुर्गा सिंह र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा किरण राणालाई जिम्मेवारी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !