लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले लिए पद तथा गोपनीयताको शपथ
प्रकाशित मिति : 12 January, 2023 5:35 pm
देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री गिरीलाई आज पद तथा गोपनियताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री गिरीलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधवार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
मुख्यमन्त्री गिरीसँगै अन्य दुई जना मन्त्रीले पनि शपथग्रहण गरेका छन् ।
एमालेबाट अर्घाखाँची १(१)बाट निर्वाचित चेतनारायण आचार्य र माओवादी केन्द्रबाट बाँकेको १ (१) बाट निर्वाचित कृष्णा केसीले मन्त्रीको शपथग्रहण गरेका हुन् ।
दुबै मन्त्रीलाई विभागीय जिम्मेवारी भने तोकिएको छैन ।








