१० पुस २०८२, बिहिबार

घनश्याम भुषाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

प्रकाशित मिति :  13 January, 2023 9:01 am


काठमाडौं । टिकट नदिएपछि नेकपा एमाले छाडेका घनश्याम भुषाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । शुक्रबार २ बजे एक कार्यक्रम गरी भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको उनको सचिवालयले जनाएको छ।

मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार बनेका भुसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।

उनी निर्वाचनपछि नै समाजवादीसँग पार्टी प्रवेशका बारेमा निरन्तर छलफल गरिरहेको थिए ।



प्रतिक्रिया दिनुहोस !