१० पुस २०८२, बिहिबार

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

प्रकाशित मिति :  13 January, 2023 11:08 am


काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । अधिकारी पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

आज दिउँसो १ बजे अधिकारीले प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री अधिकारीलाई एमालेका २२, नेकपा (माओवादी केन्द्र) का ८, राप्रपाका २ र स्वतन्त्र १ गरी ३३ जनाले समर्थन गरेका थिए।



प्रतिक्रिया दिनुहोस !