१८ बैशाख २०८१, मंगलबार

शंकर ग्रुपका मालिक अग्रवाल पक्राउ, स्वास्थ्य सामाग्रीमा कालो बजारी गरेको आरोप

प्रकाशित मिति :  7 April, 2020 2:54 pm


काठमाण्डौं, २५ चैत । 

शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन् ।

स्वास्थ्य सामाग्रीमा कालोबजारी गरेको आरोपमा अग्रवाल पक्राउ परेका हुन् ।

उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले नक्सालबाट पक्राउ परेका हुन् । अग्रवालले तीन हजार पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेचेको अरोप छ ।

उनी कीर्तिकिस्तानका अवैतानिक महावाणिज्य दूत समेत हुन् ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले अग्रवाललाई कालोबजारी गरेको आरोपमा केही थर्मल गनसहित पक्राउ गरिएको पक्राउ गरेको जानकारी दिए ।

चौधरी ग्रुपका बसन्त चौधरीले हिजो मात्रै स्वास्थ्य सामाग्रीमा कालोबजारी भएको भन्दै ट्वीट गरेका थिए । त्यस लगत्तै कालोबजारीको आरोपमा ठूलो व्यापारिक प्रतिष्ठानका प्रमुख पक्राउ परेका हुन् ।



प्रतिक्रिया दिनुहोस !