१० पुस २०८२, बिहिबार

जिल्ला प्रशासन कार्यालय स्याङ्जाद्वारा पेट्रोल पम्प सिल

प्रकाशित मिति :  13 January, 2023 11:47 am


स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ३ बाड्खोलास्थित नेपाल पेट्रोलियम सप्लायर्सलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सिल गरेको हो ।

उक्त पम्पबाट सेवा लिएका सेवाग्राहीहरुबाट गुणस्तर हिन पेट्रोल बिक्रीवितरण गरेको गुनासो आएपछि पेट्रोल पम्प सिल गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

सेवाग्राहीहरुले नै त्यस पम्पबाट हालिएको तेलका कारणले सवारीसाधनहरुमा विभिन्न खराबी आएको गुनासो गरेपछी पम्पसिल गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिए।

उनका अनुसार पम्पसिल गरिएपछि नमुना स्वरुप बिक्रीवितरण गरिएको तेल दक्ष प्राविधिक मार्फत अनुसन्धान गर्न परिक्षण केन्द्रमा पठाइएको छ । साथै प्रजिअ क्षेत्रीले अनुसन्धानपश्चात् दोषी देखिए उक्त नेपाल पेट्रोलियम सप्लायर्सलाई कानुनी कारबाही गरिने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !