लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख माघ ३ गते चयन हुने
प्रकाशित मिति : 13 January, 2023 12:48 pm
रुपन्देही । लुम्बिनी प्रदेशमा प्रदेश सभाको सभामुख र उपसभामुख चयनका लागि माघ ३ गते निर्वाचन हुने भएको छ ।
प्रदेशसभा सचिवालयले कार्यतालिका सार्वजनिक गर्दै माघ २ गते सोमबार सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता गर्ने समय तोकेको छ ।
सोही दिन साढे ५ बजे उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ ।
माघ ३ गते मंगलबार सभामुख र उपसभामुख चयनका लागि निर्वाचन हुने प्रदेश सभाले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।









