२० मंसिर २०८२, शनिबार

पानी उद्याेगले नयाँ प्रविधि अंगिकार गर्नुपर्छः महानिर्देशक जोशी

प्रकाशित मिति :  13 January, 2023 5:44 pm


काठमाडौँ । कोभिड १९ को महामारीको बेलामा पनि नागरिकको घरघरमा स्वच्छ पानी पुर्याउन धेरै मद्दत गर्ने पानी उद्योगलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना वैद्य जोशीले आभार व्यक्त गरेकी छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल वोटल उद्योग संघद्धारा संयुक्त रुपमा आयोजित एकदिने प्रशिक्षण तथा अन्तर संवाद कार्यक्रममा बोल्दै महानिर्देशक जोशाीले पानी उद्योगीहरुले आजको दिनसम्म स्वच्छ पानी नागरिकहरुलाई प्रदान गरेको र अबको आउँदो दिनमा नयाँ प्रविधिको प्रयाेग तथा आवश्यक मापदण्ड प्रयोग गरि पानीको गुणस्तर राम्रो बनाउन जरुरी रहेको बताएकी हुन् ।

जोशीले भनिन्, “पछिल्लो समय जारको पानी स्वच्छताको विषयमा विभिन्र गुनासो आएको र त्यसको लागि संघ र विभागले सहकार्य गरेर त्यो समस्याको अन्त्य गर्न आवश्यक रहेको छ ।’’

नागरिकहरुले जारलाई गाग्रीको रुपमा प्रयोग गर्दै आएको जाेशीले बताएकी छन् । उनले भनिन्, “उपत्यका भित्र नागरिकहरुले जारको भाडालाई गांग्रीको रुपमा प्रयोग गर्दै आएका छन् । यस कारणले पनि जारको पानीको स्वच्छताको विषयमा विभिन्र गुनासा आएका हुन् ।’’

नेपाल वोटल उद्योग संघका अध्यक्ष ध्रुव गौतमले हजारौँ समस्याका बाबजुद पनि पानी उद्योगीहरुले नागरिकको भान्सामा पानीको सहज आपूर्ति गर्न सफल भएको बताएका छन् । अध्यक्ष गौतमले दैनिक २ लाख कार्टुन पानी काठमाडौँ र ललितपुरमा उत्पादन हुने र १४ हजार वाेटल बजारको माग रहेको बताएका छन् ।

उनले भने, “पछिल्लो समय पानीको स्वच्छता भएन भनेर उद्योगीहरु कारबाहीको दायारमा आएका छन् । त्यसैले विभागले पानीको परिक्षण एउटामात्र प्रयोगशालामा नभएर कम्तिमा तीन वटा प्रयोगशालमा परिक्षण गर्न जरुरी रहेको छ ।’’ गौतमले पानी उद्योगीहरुले नेपालभर ५७ हजार प्रत्यक्ष र ५० हजार अप्रत्यक्ष गरेर १ लाखलाई रोजगारी प्रदान गरेको र राष्ट्रिय अर्थतन्त्रमा समेत ५ अर्बको योगदान दिएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !