१० पुस २०८२, बिहिबार

उपमहासचिव पुनले बाँडे रोल्पामा न्यानो कपडा,सहयोग गर्ने चाइना फाउण्डेसन कस्तो संस्था हो ?

प्रकाशित मिति :  14 January, 2023 1:16 pm


रोल्पा । समृद्ध रोल्पा फाउण्डेसन रोल्पाले न्यानो कपडा वितरण गरेको छ ।

चाइना फाउन्डेसन फर पिस एण्ड डेभलमेन्टको सहयोगमा समृद्ध रोल्पा फाउन्डेसन मार्फत नेकपा माओवादी केन्द्रका उपमहासचिव पुनले ‘न्यानो कपडा’ वितरण गरेका हुन् । रोल्पाका प्रतिनिधि सभा सदस्य रहेका पुनले शुक्रबार होलेरीमा ब्लाङ्केट वितरण गरे ।

पुनको सचिवालयका अनुसार रुन्टीगढी गाउँपालिकाका ९ वटा वडाका ५७५ बिपन्न घरपरिवारलाई ब्लाङ्केट र ९ वटै वडाका वडास्तरीय युवा क्लवहरूलाई खेलकुद सामग्री सहयोग हस्तान्तरण गरिएको छ ।

समृद्ध रोल्पा फाउन्डेनको अध्यक्षमा पुर्व सभामुख ओनसरी घर्ती रहेकी छन् । चाइना फाउन्डेसन फर पिस एण्ड डेभलमेन्ट सन् २०११ मा स्थापना भएको चीनको परोपकारी संस्था हो ।

यो संस्था चीनकाे नागरिक मामिला मन्त्रालय अन्तगर्त दर्ता भएको विवरणमा उल्लेख छ । संस्थाको वेवसाइटमा उल्लेख भए अनुसार संस्था चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीको अन्तराष्ट्रिय विभागको सुपरीवेक्षणमा छ । संस्थाले स्थापना कालदेखि ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ परियोजना पर्ने मुलुकमा सकृय छ ।



प्रतिक्रिया दिनुहोस !