१५ बैशाख २०८१, शनिबार

शुभश्री कलेजमा सोमवार ‘हल्ट प्राइज’ प्रतियोगिता हुँदै, चार चरण पार गर्ने टिमले जित्नेछ एक मिलियन डलर

प्रकाशित मिति :  14 January, 2023 1:18 pm


काठमाडौँ । काठमाडौँको वानेश्वरस्थित शुभश्री कलेज अफ म्यानेजमेन्टमा ‘हल्ट प्राइज’ प्रतियोगिता हुने भएको छ । हल्ट प्राइभ फाउडेसनको अवधारण अनुरुपको यो कार्यक्रम विश्व विद्यालयका विद्यार्थीहरुको दिगो विकासका लागि लक्षित रहेको छ ।

विभिन्न चार चरणमा हुने प्रयियोगिता अन्तर्गतको पहिलो चरणको प्रतियोगिता ‘अन क्याम्पस’ हुन थालेको हो । जस अन्तर्गत शुभश्रीमा कलेजस्तरको आइडिया पिचिङ हुन लागेको हो ।

पहिलो चरणमा छनोटमा पर्ने प्रतियोगी समूहले दोस्रो चरणको क्षेत्रीय प्रतियोगितामा विजेट भएपछि क्रमशः तेस्रो चरणमा ग्लोबल एक्सेलेरेटर र अन्तिम चरणमा ग्लोबल फाइनल प्रतियोगिता गर्दै जानु पर्ने हुन्छ ।

अन्तिम चरणको प्रतियोगितामा विजेता हुनेले एक मिलियन डलर प्राप्त गर्ने कार्यक्रम छ । यस वर्षको विषय रिडिजाइनिङ फेसन रहेको छ। कार्यक्रम १२० देशमा आयोजना हुनेछ।

शुभश्रीको कार्यक्रमलाई राष्ट्रिय वाणिज्य बैंकले प्रयोजन गर्दैछ भने मेट्रो मार्केट र हल्टिराम्सले फुड प्रायोजकको भूमिका खेल्दैछन् । कार्यक्रमको लागि १५ जनाको आयोजक समितिले सम्पूर्ण तयारी सम्पन्न गरिरहेको संयोजक पनल फुलाराले बताए ।



प्रतिक्रिया दिनुहोस !