लागुऔषध सेवन गरी सवारी चलाउने अमेरिकन नागरिकसहित ७ जना चालक पक्राउ
काठमाडौँ । लागूऔषध सेवन गरी सवारी साधन चलाउने अमेरिकनसहित ७ जना चालक पक्राउ परेका छन्।
भक्तपुरको जगातीमा गरिएको चेकिङका क्रममा लागूऔषध सेवन गरी सवारी साधन चलाउने एक जना अमेरिकन नागरिकसहित ७ जना चालकलाई शनिबार ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्यूरो कोटश्वर र प्रहरी वृत्त जगातीको संयुक्त टोली चेकजाँच गरेको थियो।
बा ६९ प ५६२७ नम्बरको मोटरसाइकल चालक अमेरिकन नागरिक टासकम हपकन, बा ९५ प ६२ ५१ नम्बरको मोटरसाकल चालक भक्तपुरको जगातीका अशोक गुरुङ, बा ८१ प ४२६३ नम्बरको मोटरसाइकल चालक काभ्रेपलाञ्चोकको बनेपाका आकाश तामाङ पक्राउ परेका हुन् ।
त्यस्तै बागमती प्रदेश ०२ ०३० प ८४६८ नम्बरका मोटरसाइकल चालक कोटेश्वरका देबेन्द्र घिमिरे, बा ८८ प २८५७ नम्बरका मोटरसाइकल चालक बानेश्वरका जोतलाल तामाङ, बागमती प्रदेश ०२ ०२२ च ४९६९ नम्बरको जीप चालक सिन्धुपाल्चोकका एबेन्द्र कार्की र इम्बोस्ड बीएबी १९६४ नम्बरको कार चालक थानकोटका पवन राना मगर पक्राउ परेका हुन् ।
लागूऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा पठाइएको प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।








