१० पुस २०८२, बिहिबार

पोखरा विमान दुर्घटना : आज शोक विदा

प्रकाशित मिति :  16 January, 2023 7:49 am


काठमाडौं । पोखरामा भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै आज अत्यावश्यक सेवा बाहेक राष्ट्रिय शोक बिदा दिइएको छ । आइतबार पोखरामा भएका विमान दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद् बैठक आज माघ २ गते शोक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले मन्त्रिपरिषद्‍को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको छ ।

आइतबार बिहान १० : ३२ बजे काठमाडौंबाट पोखराका लागि ६८ यात्रु र चार चालक दलका सदस्यसहित उडेको यति एयरको एआरटी ७२ विमान पोखरा महानगरपालिका १५ नयाँ गाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।



प्रतिक्रिया दिनुहोस !