१० पुस २०८२, बिहिबार

आज हुने यति एयरका सम्पूर्ण उडान रद्द

प्रकाशित मिति :  16 January, 2023 8:19 am


काठमाडौं । यति एयलाइन्सले आजका लागि निर्धारण गरिएका सम्पूर्ण उडानहररू रद्द गरेको छ । आइतबार पोखरामा भएको विमान दुर्घटनापछि सोमबारका लागि निर्धारित गरिएका यति एयरलाइन्सका सम्पूर्ण नियमित उडानहरू रद्द गरेको हो ।

विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरूको शोकमा उडानहरू रद्द गरिएको यति एयरलाइन्सले जानकारी दिइएको छ ।

आइतबार बिहान १० : ३२ बजे काठमाडौंबाट पोखराका लागि ६८ यात्रु र चार चालक दलका सदस्यसहित उडेको यति एयरको एआरटी ७२ विमान पोखरा महानगरपालिका १५ नयाँ गाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो । विमान दुर्घटना ज्यान गुमाएकाहरूप्रति दु ख व्यक्त गर्दै आज देशभर शोक बिदा दिएको छ।



प्रतिक्रिया दिनुहोस !