१० पुस २०८२, बिहिबार

प्रधानमन्त्री र चिनियाँ राजदूतबिच भेटवार्ता

प्रकाशित मिति :  16 January, 2023 10:50 am


काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री र सङबिच भेटवार्ता भएको हो । भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई बधाई, नयाँ वर्षको शुभकामना सन्देश व्यक्त गरेका छन् ।

भेटका क्रममा प्रधानमन्त्रीले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद भन्दै आफ्नो तर्फबाट राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !