२० मंसिर २०८२, शनिबार

ओली भेट्न बालकोट पुगे प्रचण्ड, सभामुख र मन्त्रिपरिषद् विस्तारबारे छलफल

प्रकाशित मिति :  16 January, 2023 11:53 am


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकाे निवास बालकोट पुगेका छन् ।

अध्यक्ष ओली निवास बालकोटमा सोमबार बिहान दुई नेताबिच भएको भेटका क्रममा सभामुख, मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

सभामुखको निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक हुँदैछ। बिहीबार तय भएको सभामुखको निर्वाचन अगावै संघीय सरकारलाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।

मंगलबार प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

सभामुखको निर्वाचनका लागि मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक हुँदैछ । बिहीबार सभामुखको निर्वाचन नै हुने तय भएको छ । त्यस अगावै संघीय सरकारलाई पूर्णता दिने तयारी पनि प्रधानमन्त्री प्रचण्डको छ ।

जारी भेटमा मन्त्रिपरिषदको भागवण्डा मिले मन्त्रिपरिषद विस्तार गर्ने र सभामुखको विषयमाथिको छलफललाई अन्तिम रूप दिने दुई नेताको तयारी छ ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने १० वटै दलको बैठक राखेका छन् । उनले आफूलाई कांग्रेसलगायतका दललेसमेत विश्वासको मत दिएको भनी सभामुख र राष्ट्रपतिका विषयमा उनीहरूसित समेत छलफल गर्नुपर्ने बताएपछि एमाले नेताहरू सशंकित भएका छन् । यसकारण पनि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबिच पछिल्लो समय भेटघाट बाक्लिएको छ ।



प्रतिक्रिया दिनुहोस !