लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखमा घर्ती र केसीकाे मनोनयन दर्ता
प्रकाशित मिति : 16 January, 2023 3:07 pm
काठमाडौं । सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखको मनोनयन दर्ता भएको छ ।
सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीको मनोनयन दर्ता भएको छ ।
नेपाली कांग्रेसले समते सभामुख र उपसभामुख दर्ताको तयारी गरेको छ । मनोनयन दर्ता गर्न बेलुका ५ बजे सम्मको समय तोकिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।








