१६ माघ २०७९, सोमबार

सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु, सभामुख चयनका लागि आज तेस्रोपटक मतदान हुँदै

प्रकाशित मिति :  17 January, 2023 11:06 am


काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । सुदूरपश्चिमा आज तेस्रो पटक सभामुख निर्वाचनका लागि मतदान हुने लागेको हो ।

यसअघि दुई पटकसम्म निर्वाचन हुँदा पनि कसैको बहुमत नआएपछि सुदूरपश्चिम प्रदेशमा आज तेस्रोपटक सभामुख चयनका लागि निर्वाचन हुन लागेको छ ।

सुदूरपश्चिम प्रदेशमा माओवादीका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल सभामुखको उम्मेदवार रहेका छन् । दोस्रो पटक भण्डारी र रावल दुवैले बहुमत पाउन नसकेपछि आज तेस्रो पटक मतदान हुने भएको छ।

सुदूरपश्चिममा ५३ जना प्रदेश सभा सदस्य रहेका छन् सभामुख बन्न २७ मत आवश्यक पर्छ ।



प्रतिक्रिया दिनुहोस !