२० मंसिर २०८२, शनिबार

सुदरपश्चिम प्रदेशको सभामुखमा माओवादी केन्द्रका भीम भण्डारी निर्वाचित

प्रकाशित मिति :  17 January, 2023 12:39 pm


काठमाडौं । सुदुरपश्चिम प्रदेशको सभामुखमा माओवादी केन्द्रका भीम भण्डारी निर्वाचित भएका छन् ।आज भएको मतदानमा २९ मत सहित भण्डारी निर्वाचित भएका हुन् ।

सभामुखका अर्का उम्मेदवार कांग्रेसका मानबहादुर रावलले २३ मत पाए । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख चयन हुन २७ मत आवश्यक पर्छ ।

आजको निर्वाचनमा ५२ सांसद सहभागी थिए । भण्डारीको पक्षमा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसदले मत दिएका थिए । यस अघि लगातार २ पटक सम्म बहुमत नपाएर सभामुख निर्वाचित हुन नसकेको सुदूरपश्चिममा तेस्रो पटकमा भण्डारी निर्वाचित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !