१० पुस २०८२, बिहिबार

पाेखरा विमान दुर्घटना : पोस्टमर्टमका लागि २५ शव काठमाडौँ ल्याइयो

प्रकाशित मिति :  17 January, 2023 1:06 pm


काठमाडौँ । पोखरामा आइतबार यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकामध्ये २५ वटा शव काठमाडौँ ल्याइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण अनुसार अहिलेसम्म ७० जनाको शव फेला परेकोमध्ये २२ वटा शव सनाखत गरी पोखरामै बुझाइएको छ ।

त्यस्तै बाँकी ४८ शवमध्ये २५ काठमाडौं शिक्षण अस्पतालबाट पोस्टमर्टम गरी आफन्तलाई बुझाइने प्राधिकरणले जनाएको छ। शव काठमाडौँ ल्याउन सोमबार सेनाको हेलिकप्टर पोखरा पुगेको थियो।



प्रतिक्रिया दिनुहोस !