२० मंसिर २०८२, शनिबार

स्वास्थ्यमन्त्री पदम गिरीको पहिलो निर्णय : न्यूनतम सेवा मापदण्ड लागू गराउने

प्रकाशित मिति :  17 January, 2023 3:16 pm


काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी गिरीले सपथ लिएपछि आजै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै गिरीले स्वास्थ्य संस्था तथा अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न न्यूनतम सेवा मापदण्ड लागु गराउने निर्णय गरेका छन् ।

मन्त्री गिरीले ‘जनस्वास्थ्य ऐन ०७५ को दफा ६४’ अन्र्तगत रहेको गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पतालमा न्यूनतम मापदण्ड सुनिश्चित गराउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

त्यस्तै गिरीले पदभार ग्रहणका क्रममा अहिले भएका अस्पताल र स्वास्थ्य केन्द्रहरुलाई सुविधा सम्पन्न बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘सबै नागरिकहरुलाई गुणस्तरिय सेवा लिनको लागि स्वास्थ्य विमाको कार्यक्रम प्रभावकारी बन्न सकेको छैन। त्यसमा बिषयमा हामी गम्भिरताका साथ हेछौं।’



प्रतिक्रिया दिनुहोस !