१० पुस २०८२, बिहिबार

लुम्बिनीकाे सभामुखमा माओवादी केन्द्रका घर्ती र उपसभामुखमा राप्रपाकी केसी निर्विरोध

प्रकाशित मिति :  17 January, 2023 4:25 pm


काठमाडौं । लुम्बिनी प्रदेश सभाको सभामुखमा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाण केसी निर्विरोध निर्वाचित भएका छन्।

आज बसेको प्रदेश सभा बैठकमा सभामुखमा घर्ती र उपसभामुखको लागि खाणको प्रस्ताव मात्र पेश भएको हो ।
प्रदेश सभा सचिवालयमा सभामुखको लागि घर्तीको मात्र उम्मेदवारी दर्ता भएको थियो।

उपसभामुखमा ३ जनाको उम्मेदवारी दर्ता भए पनि प्रदेश सभा बैठकमा राप्रपाकी मेनुका खाणको मात्र टेबुल भएको थियो।

सभामुखमा निर्विरोध निर्वाचित भएका तुलाराम पाल्पा क्षेत्र नम्बर २ ख बाट निर्वाचित सांसद हुन् सांसद हुन्।

कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीका निर्मलादेवी थारुको पनि उम्मेदवारी दर्ता भएपनि पछि फिर्ता गरिएको थियो ।

उपसभामुखमा पनि एक मात्र प्रस्ताव बैठकमा पेश भएपछि खाणलाई पनि ज्येष्ठ सदस्य डिल्लीराज भुसालले निर्विरोध निर्वाचित भएको घोषणा गरे।



प्रतिक्रिया दिनुहोस !