१५ चैत्र २०८०, बिहिबार

पाल्पामा भीरबाट लडेर एक बृद्धको मृत्यु

प्रकाशित मिति :  17 January, 2023 5:05 pm


पाल्पा । पाल्पाको रैनादेवीछहरा गाउँपालिका वडा नम्बर ६ पटुवाचौर बस्ने ६० वर्षीय बेदबहादुर बलालको भीरबाट लडेर मृत्यु भएको छ।

मंगलबार घर नजिकै रहेको नेप्टा भीरबाट लडेका बलाललाई मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

शवपरीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको छ। घटनाका सन्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।



प्रतिक्रिया दिनुहोस !