२० मंसिर २०८२, शनिबार

विमान दुर्घटनामा सम्पर्कविहीन १ जनाको शव भेटियो

प्रकाशित मिति :  17 January, 2023 5:40 pm


काठमाडौं । आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा सम्पर्क बिहीन बनेको २ जना मध्ये १ जनाको शव फेला परेको छ । मंगलबार दुर्घटनास्थलबाट झण्डै ३ सय मिटर तल सेती नदिमा एक महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यो सँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको छ ।
विमानमा सवार ७२ जना मध्ये ७१ जनाको शव भेटिएको छ भने अझै १ जनाको अवस्था अज्ञात रहेको छ ।

उक्त दुर्घटनामा सम्पर्कविहीन रहेका २ जना खोजी कार्यमा जटिल भएपछि सेती नदीको पानी घटाएर खोजीकार्य सुरु गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख टेक बहादुर केसीले बताए ।

सेती नदीको पानीलाई याम्दीको पुलबाट सिँचाइका लागि बनाइएको नहरमा हालेर खोजीकार्यको लागि गोताखोरसहित ड्रोनको प्रयोग गरिएको थियो। ड्रोन प्रयोग गरी सोमबार २ जनाको शव पत्ता लगाइएको थियो ।

दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार ७ वटा शव फेला परेको थियो । आइतबार काठकाडौंबाट पोखरातर्फ आउँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो । विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए ।



प्रतिक्रिया दिनुहोस !