सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्याउनु मेराे प्राथमिकता : सञ्चारमन्त्री शर्मा
काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्याउनु आफ्नो प्राथमिकता भएको बताएकी छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रीको शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पु¥याउनु आफ्नो प्राथमिकता भएको बताइन् ।
सार्वजनिक संघ, संस्थानहरुलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने उनको भनाई थियो । मन्त्री शर्माले सेवाग्राहीलाई सूचनाको सहज पहुँच दिलाउँदै देशलाई नै प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने उल्लेख गरिन् ।
उनले भनिन्,“मेरो प्राथमिकता भन्दापनि अहिले हामीले नेपाल सरकारले जुन नीति कार्यक्रमको कुरा पनि छँदैछ । हामीले सहज पहुँच, सूचना, सञ्चार र प्रविधिमा सहज पहुँच जनतामा पुर्याउने कुरा । अर्कोकुरा हाम्रा उत्पादनदेखि लिएर सबै सार्वजनिक संघ, संस्थानहरुमा सूचना र प्रविधिका कुरालाई सहजतापूर्वक कसरी उपलब्ध गराउन सकिन्छ र सूचनालाई कसरी सेवाग्राहीको पहुँचमा पु¥याउन सकिन्छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ भन्ने लागेको छ ।”
मन्त्री शर्माले हरेक नागरिककहाँ सूचना प्रविधि सहज र सुलभ ढंगले पुग्नुपर्नेमा जोड दिइन् । उनले सबै कामहरु प्रविधिमार्फत हुन सकेमा देशलाई समृद्धिको लक्ष्य हासिल गर्न सजिलो हुने उल्लेख गरिन् ।
मन्त्री शर्माले भनिन्,“सहज सुलभ हुने कुरा भयो । समस्यालाई समाधान गर्ने गरेर गुणस्तरीय, सहज र सुलभ ढंगले हरेक नागरिकको पहुँचमा सूचना प्रविधि पुग्नुपर्छ र सबै हाम्रा कामहरु सूचना प्रविधिमार्फत् हुने भयो भने देशले समृद्धिको लक्ष्य हासिल गर्न सजिलो हुन्छ ।”








