१० पुस २०८२, बिहिबार

सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता

प्रकाशित मिति :  18 January, 2023 8:37 am


काठमाडौं । प्रतिनिधि सभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताका लागि समय दिइएको छ।

मनोनयन दर्ता सांसद भवनको ल्होत्से हलमा हुनेछ । त्यसलगत्तै आजै उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यतालिका छ। सभामुखको निर्वाचन भने बिहीबार हुने प्रतिनिधि सभा बैठकमा हुनेछ ।

संवैधानिक व्यवस्था अनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने हुन्छ ।

सभामुख पदका लागि एक जनाले मात्रै उम्मेदवारी दिए निर्विरोध निर्वाचित हुनेछन्। एक जनाभन्दा बढी उम्मेदवार भए प्रतिनिधि सभामा मतदान हुनेछ। कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ मत आवश्यक पर्छ ।



प्रतिक्रिया दिनुहोस !