१० पुस २०८२, बिहिबार

कांग्रेस पदाधिकारी बैठक बस्दै

प्रकाशित मिति :  18 January, 2023 9:03 am


काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दिने \ नदिनेबारे निर्णय लिन बैठक बस्न लागेको हो ।

आज बिहान ९ बजे बस्ने पदाधिकारी बैठकले सभामुखमा आफै उम्मेदवार बन्ने कि अन्य दललाई समर्थन गर्ने भन्ने टुंगो लगाउन बैठक बोलाइएको बताइएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार सभामुख चयनका लागि आज दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताका लागि समय दिइएको छ।



प्रतिक्रिया दिनुहोस !