१० पुस २०८२, बिहिबार

वर्षमान पुनको स्वास्थ्यबारे जानकारी लिन उपराष्ट्रपति पुन सुमेरु अस्पतालमा

प्रकाशित मिति :  18 January, 2023 10:17 am


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् ।

उपराष्ट्रपतिले पुन आज बिहानै ललितपुरस्थित सुमेरु अस्पताल पुगेर वर्षमानको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका हुन् । सो क्रममा चिकित्सकहरुले नेता पुनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको जानकारी दिएका थिए ।

गृहजिल्ला रोल्पाको होलेरीमा न्यानो कपडा वितरणका लागि पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

मंसिरमा भएको निर्वाचनका क्रममा धपडीका कारण स्वास्थयमा समस्या देखिए पछि नेता पुन केही समयअघि मात्र चीनमा उपचार गराएर फर्किएका थिए । उनी जन्डिस रोगबाट पीडित छन् ।



प्रतिक्रिया दिनुहोस !