एमालेले सभामुखमा देवराज घिमिरेलाई अघि सार्ने
प्रकाशित मिति : 18 January, 2023 12:04 pm
काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा एमालेले देवराज घिमिरेलाई अघि सार्ने भएको छ ।।
२०५६ सालमा राष्ट्रिय सभाका सांसद बनेका घिमिरे यसपटक झापा-२ बाट निर्वाचित भएका हुन्। आज १ बजे घिमिरेको उम्मेदवारी दर्ता हुने जनाइएको छ ।
उनी एमालेका स्थायी समिति सदस्य तथा प्रदेश १ इन्चार्जसमेत हुन्।
सभामुख पदमा एमाले र उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने सत्ता साझेदार दलहरूको सहमति छ ।
सभामुख पदको बिहीबार हुने निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन गर्ने संघीय संसद् सचिवालयको कार्यतालिका छ ।








