एमालेबाट देवराज घिमिरे सभामुखको उम्मेदवार
प्रकाशित मिति : 18 January, 2023 12:07 pm
काठमाडौं । नेकपा एमालेले झापाका सांसद देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाएको छ ।
घिमिरे झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुन् । एमालेका स्थायी समिति सदस्य तथा प्रदेश १ को एन्चार्ज समेत रहेका घिमिरेको नाम सर्वसम्मत भएको छ । घिमिरेले अहिले केहीबेरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर मनोनयन दर्ता गर्नेछन् ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार सभामुख चयनका लागि आज दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताका लागि समय दिइएको छ।








