२० मंसिर २०८२, शनिबार

कांग्रेसले मधेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय

प्रकाशित मिति :  18 January, 2023 2:47 pm


काठमाडौं । नेपाली कांग्रेसले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ । बुधबार प्रदेश सभाको बैठकमा बोल्दै कांग्रेसको संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको बताए ।

उनले सत्तारुढ गठबन्धनको पर्याप्त बहुमत हुँदाहुँदै कांग्रेसले मत दिँदै प्रतिपक्षी बेञ्चमा बसेर भूमिका निर्वाह गर्ने बताए ।

मधेस प्रदेशमा नेपाली कांग्रेसको २२ सांसद छन् । मुख्यमन्त्री यादव सत्ता साझेदार दलहरू र तीन स्वतन्त्र सांसदको समर्थनमा नियुक्त भएका थिए । पछि लोसपाले पनि समर्थन गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !