१० पुस २०८२, बिहिबार

साइत हेरेर सरकारी निवासमा सरे गण्डकी प्रदेशका मुख्यमन्त्री

प्रकाशित मिति :  18 January, 2023 3:06 pm


काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी सरकारी निवासमा सरेका छन् । पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएर सोही दिन सपथ लिएका उनी हालसम्म निजी घरमा बस्दै आएका थिए ।

पोखराको राष्ट्रबैंक चोक नजिकै रहेको मुख्यमन्त्री निवासको सामान्य मर्मतसम्भार र रंगरोगन गर्नुपर्ने भएकोले केही समय लागेको स्रोतले जनाएको छ ।

बुधबार बिहान ७ बजेको साइत पारेर निवास प्रवेश गरेका मुख्यमन्त्री अधिकारीले पूजाआजा पनि गरे । पूजाआजापछि झन्डोत्तोल गरेर निवास प्रवेश गरेका थिए । सामान्य मर्मत र रंगरोगन गरिएको छ ।

कास्कीको बेगनासमा जन्मेका उनको हालको बसाइ पोखरा १३, भद्रकाली मन्दिर नजिकै रहेको छ । पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पुस २६ गते नै सरकारी निवास छाडेर गैंडाकोट फर्केका थिए ।



प्रतिक्रिया दिनुहोस !