नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता
प्रकाशित मिति : 18 January, 2023 4:21 pm
काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन् । बुधबार नयाँ बानेश्वर स्थित संसद भवनमा पुगेर न्यौपानेले सभामुख पदमा उम्मेदवारी दर्ता गरेको स्रोतले बताएको छ ।
उनको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा एसका प्रकाश ज्वाला रहेका छन् ।
उनलाई माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको छ।
सभामुख पदमा सत्तागठबन्धनको तर्फबाट नेकपा एमालेका देवराज घिमिरेले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।








