सञ्चार मन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी
प्रकाशित मिति : 18 January, 2023 6:34 pm
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय बैठकले गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।








