१० पुस २०८२, बिहिबार

आज सभामुखको निर्वाचन, घिमिरे र न्यौपाने प्रतिस्पर्धामा

प्रकाशित मिति :  19 January, 2023 7:51 am


काठमाडौं । सभामुख चयनका लागि आज (बिहीबार) प्रतिनिधिसभामा निर्वाचन हुँदैछ । बिहान ११ बजेदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

सभामुख पदमा मनोनयन दर्ताका लागि बुधबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म दिइएको समयमा दुई जना उम्मेदवारले उम्मेदवारी दर्ता गरेका थिए।

सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपाने उम्मेदवारी दर्ता गराएका छन् ।

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् ।

त्यस्तै न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला छन्।

२७५ सदस्य रहेको प्रतिनिधि सभामा सभामुख हुनका लागि १३८ जना सांसदको समर्थन चाहिन्छ।



प्रतिक्रिया दिनुहोस !