लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत लिँदै
प्रकाशित मिति : 19 January, 2023 9:03 am
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत लिने भएका छन्।
बिहीबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्। गिरी ५८ जना सांसदको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री बनेका थिए।
गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, जनमत पार्टीका तीन जना, लोकतान्त्रिक समाजवादी पार्टीका तीन जना र स्वतन्त्र दुई जनाको समर्थन छ ।
लुम्बिनीमा ८७ जना प्रदेश सभा सदस्य रहेका छन् । बहुमतका लागि ४४ जनाको समर्थन आवश्यक पर्छ।








