१० पुस २०८२, बिहिबार

मापदण्डभन्दा बढी धूँवा फाल्ने ११ वटा सवारी साधन कारबाहीमा

प्रकाशित मिति :  19 January, 2023 12:38 pm


काठमाडौँ । काठमाडौँको बबरमहलमा बुधबार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने ११ ओटा सवारी साधन कारबाहीमा परेका छन् ।

मापदण्डभन्दा बढी धूँवा फाल्ने सरकारी र संस्थानका गरी जिप ४ ओटा, निजी कार २, भाडा बस २ र भाडाका माइक्रोबस ३ गरी ११ वटा सवारी साधन कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले बुधबार बबरमहलमा ६१ ओटा सवारी साधनलाई चेक गर्दा मापदण्डभन्दा बढी धूँवा फाल्ने ११ वटा सवारी साधन कारबाहीमा परेका हुन् ।

सवारी साधन मर्मतपश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !