राष्ट्रपतिमा एमाले उम्मेदवार हुन्छ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ : ओली
प्रकाशित मिति : 19 January, 2023 5:26 pm
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवारी उठाउने बताएका छन् ।
बिहीबार संसद् बैठकपछि संचारकर्मीसँग कुरा गर्दै ओलीले सत्ता साझेदारी पार्टीहरुबीच पहिला नै राष्ट्रपतिको लागि एमालेले उम्मेदवार उठाउने सहमति भएको बताए ।
ओलीले भने राष्ट्रपछिमा सहमति हुनुपर्छ । एमालेले उम्मेदवार उठाउँछ । त्यसमा राष्ट्रियसहमति हुनुपर्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने समझदारीमा राष्ट्रपति चयनको कोशिस गर्ने बताएका छन् । त्यसै नेपाली कांग्रेसले पनि राष्ट्रपतिको लागि प्रधानमन्त्री लगायत सत्ता बाहिरका दलहरुसँग छलफल जारी राखेको छ ।








