१० पुस २०८२, बिहिबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत

प्रकाशित मिति :  19 January, 2023 5:45 pm


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । बिहीबार प्रदेशसभामा मुख्यमन्त्री गिरीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ सांसदले मतदान गरेका छन् भने पक्षमा २८ सांसदले मतदान गरेका छन् ।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन हुँदा प्रदेशसभामा ८६ सांसद उपस्थित थिए । विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा कांग्रेसका सांसदले मात्र मत दिएका हुन् ।

मुख्यमन्त्री गिरीको पक्षमा नेकपा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्र पार्टीले मतदान गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !