१० पुस २०८२, बिहिबार

ढुङ्गेअड्डामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

प्रकाशित मिति :  20 January, 2023 8:53 am


काठमाडौं । काठमाडौंको ढुङ्गेअड्डामा ट्रकले मोटर साइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

बिहीबार ना. ६ ख ६६१५ नम्बरको ट्रकले प्र०३-०२-०१ प ८२५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धादिङ धुनिवेसी नगरपालिका-९ घर भई हाल चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने ४५ वर्षीय राजकुमार सुनारको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका सुनारको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार घाइते भएका एक जना र एक जना पैदलयात्री गरी २ जनाको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचार भइरहेको छ।

ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले बताएको छ।



प्रतिक्रिया दिनुहोस !