१० पुस २०८२, बिहिबार

रास्वपाबाट उपसभामुखमा इन्दिरा रानाले उम्मेदवारी दिने

प्रकाशित मिति :  20 January, 2023 11:39 am


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ ।

आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

रास्वपाले उपसभामुखमा सोविता गौतमलाई पठाउने चर्चा रहे पनि आज बसेको दलको बैठकले इन्दिरा राना मगरलाई पठाउने निर्णय गरेको हो ।

सत्ता साझेदार दलभित्र उपसभामुख रास्वपाले लिने सहमति भएको थियो। सत्ता गठबन्धनकै तर्फबाट नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन् ।

उपसभामुखका प्रकियाका लागि आज दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएको छ । आजै सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !