२० मंसिर २०८२, शनिबार

राष्ट्रपतिबाट सभामुख देवराज घिमिरेले लिए सपथ

प्रकाशित मिति :  20 January, 2023 12:05 pm


काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सभामुख देवराज घिमिरेले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवन शितल निवासमा शुक्रबार (आज) एक समारोहकाबीच राष्ट्रपतिले उनलाई शपथ गराएकी हुन् ।

हिजो नेकपा एमालेका घिमिरे सभामुखमा निर्वाचित भएका थिए।

सभामुखको सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।

सभामुख हुने व्यक्तिले संसदमा निष्पक्ष भूमिका निर्वाह गर्नु पर्ने भएकाले सपथ ग्रहण अगाडि नै घिमिरेले पार्टी सदस्यता त्यागेको घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !