२२ बैशाख २०८१, शनिबार

वालिङ घटनाको छानबिन गर्न आयोजकले दियो प्रहरीमा निवेदन

प्रकाशित मिति :  20 January, 2023 1:00 pm


स्याङ्जा । स्याङ्जाको वालिङमा फुटबल खेल भइरहेको मैदानमा हेलिकप्टर ल्याण्ड गरेपछि बिहिबार पाइलट र यात्रुमाथि हातपात भएको थियो ।

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ८ स्थित खेल मैदानमा आयोजक वालिङ युनाइटेड रातो र एभिनियर फुटबल क्लब क्यामरुनबीच भइरहेको दोस्रो सेमिफाइनलको पहिलो हाफको ३५औँ मिनेट आसपासमा खेल मैदानमा हेलिकप्टर अवतरण गरेपछि दर्शक र खेलाडीले हातपात गरेका थिए ।

फुटबल खेल सञ्चालन भइरहेको वालिङ खेल मैदानमा बिहिबार हेलिकप्टर बसेपछि घटनाको विषयमा छानबिन गरी दोषीमाथि आयोजकले कारबाहीको माग गरेको छ ।

आयोजक क्लबले एक विज्ञप्ती सार्वजनिक गर्दै खेल जारी रहेका बेला प्रशासन र आयोजकको अनुमति बिना पाइलट रेशम डंगालले खेलमैदानमा मानविय क्षति पुर्याउने हेतुले हेलिकप्टर अवतरण गरेको भन्दै कारबाहीको माग गरेको हाे ।

हेलिकप्टर अवतरण गर्ने वरिपरि ठाउँहरू हुँदाहुँदै पनि केही व्यक्तिको दबाबमा खेल भइरहेको मैदानमा अवतरण गरी खेलमा अवरोध सिर्जना गर्न खोजिएकाले समस्या उत्पन्न भएको वालिङ युनाइटेड फुटबल क्लबका अध्यक्ष लालबहादुर ज्वारचनले बताए ।



प्रतिक्रिया दिनुहोस !